मन्त्री डा.रावलद्वारा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलको अनुगमन

डोटी । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रण बहादुर रावलले रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

आज अछाम जाने क्रममा रेडियो नेपाल दिपायल पुग्नुभएका मन्त्री रावलले रेडियोको भौतिक तथा संस्थागत जानकारी लिनुभएको हो ।

सोही क्रममा  मन्त्री रावलले भन्नुभयो,‘ “रेडियो नेपाल सबैभन्दा जेठो सरकारी सञ्चार माध्यम हो । यसले जनतालाई सुसुचित गर्न महत्त्वपूर्ण भूमिका निभाएको छ । यसको संस्थागत तथा भौतिक विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने छ ।”

मन्त्री रावललाई रेडियो नेपाल प्रादेशिक केन्द्र दिपायलका निमित्त कार्यालय प्रमुख दान सिंह ऐरले रेडियोको भौतिक तथा संस्थागत विकासका बारेमा जानकारी गराउनुभएको थियो ।

समाचार पोर्टल

स्थायी नियुक्तिका लागि सिफारीश गरिएको सूचना ।
रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित तथा प्रयोगात्मक परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)