प्रसारणका विषयवस्तु नागरिक केन्द्रित बनाउन अध्यक्ष डा. बिष्टको निर्देशन 

काठमाडौँ I सार्वजनिक सेवा प्रसारण संस्था–पिएसबीका नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले प्रसारणका विषयवस्तु नागरिक केन्द्रित बनाउन निर्देशन दिनुभएको छ ।

रेडियो नेपालको केन्द्रिय कार्यालय सिंहदरबारमा आज आयोजित स्वागत कार्यक्रममा कार्यकारी अध्यक्ष डा. विष्टले राष्ट्रको आवश्यकताका आधारमा दुई सरकारी सञ्चार माध्यम रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकिकृत गरी सार्वजनिक प्रसारण संस्था बनाइएकोले जनताका आवाज तटस्थ रुपमा आम नागरिकसम्म पु¥याउनु यसको उद्देश्य रहेको बताउनुभयो ।

कार्यकारी अध्यक्ष डा. विष्टले रेडियो नेपालले दूर दराजमा रहेका जनतामाझ पु¥याइरहेको आवाजलाई अझ प्रभावकारी र तटस्थ ढङ्गबाट अगाडि बढाउन पिएसबीको भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

अध्यक्ष डा. विष्टले सार्वजनिक सेवा प्रसारणको मर्म अनुसार रेडियो र टेलिभिजनका प्रसारण सामग्रीहरूलाई नागरिक केन्द्रित गर्न आवश्यक रहेको भन्दै सार्वजनिक सेवा प्रसारण अभ्यासबाटै परिणाम दिन सकिने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष डा. विष्टले सार्वजनिक सेवा प्रशारणमा रूपान्तरण हुने क्रममा आउने विभिन्न चुनौतीको सामना गर्दै सबैले आ आफ्नो जिम्मेवारी र दायित्व उत्साहपूर्वक निर्वाह गर्न पनि  आग्रह गर्नुभयो ।

२००७ सालमा स्थापना भएको रेडियो नेपालले कला, संस्कृतिको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै कार्यकारी अध्यक्ष डा. विष्टले रेडियो नेपालको ओजपूर्ण र गौरवमय इतिहासलाई थप उचाइमा पुर्‍याउनुपर्ने बताउनुभयो ।

रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले सकारात्मक भावनाको विकास र भावनात्मक एकता कायम गरेर मात्रै सार्वजनिक सेवा प्रसारणलाई सफल र प्रभावकारी बनाउन सकिने बताउनुभयो ।

नायव कार्यकारी निर्देशक खत्रीले पिएसबीका रुपमा दुई संस्थालाई सँगसँगै अगाडी बढाउन धेरै काम बाँकी रहेको र ती काम पुरा गर्न नवनियुक्त कार्यकारी अध्यक्ष डा. बिष्टको नेतृत्व महत्वपूर्ण रहेको बताउनुभयो ।

नेपाल टेलिभिजनका नायब महाप्रबन्धक विष्णुराम न्यौपानेले दुई संस्थाका प्रसारणलार्ई सार्वजनिक प्रसारणका रुपमा प्रमाणित गर्न सबैको सहकार्य र समन्वयको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले पिएसबीलाई सफल बनाउन समयानुकूल प्रविधिको प्रयोग गर्नुपर्ने, उत्पादनशील काममा इमानदारिका साथ लाग्नुपर्ने र संस्थाको हित हुनेगरी सबैले काम गर्नुपर्नेमा जोड दिनुभयो । 

रेडियो नेपालका नायव कार्यकारी निर्देशक चन्द्रभुषणलाल दासले सार्वजनिक सेवा प्रसारण संस्थालाई प्रभावकारी बनाउन सबैले मिलेर आफ्नो दायित्व पुरा गर्नुपर्ने बताउनुभयो ।

नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टलाई रेडियो नेपालका नायव कार्यकारी निर्देशकहरू खगेन्द्र खत्री र चन्द्रभुषण लाल दास, नेपाल टेलिभिजनका नायब महाप्रबन्धक बिष्णुराम न्यौपाने लगायत दुवै संस्थाका कर्मचारीहरूले स्वागत गर्नुभएको थियो ।

कार्यकारी अध्यक्ष डा. विष्टले नेपाल टेलिभिजनमा रहेको पिएसबीको सचिवालयमा हिजो पदभार ग्रहण गर्नुभएको थियो ।

डा. विष्टललाई मङ्सिर २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले सार्वजनिक सेवा प्रसारण संस्था–पिएसविको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।

तस्विर : मिलन ढुङगाना

समाचार पोर्टल

स्थायी नियुक्तिका लागि सिफारीश गरिएको सूचना ।
रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित तथा प्रयोगात्मक परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)