पर्वतको दुर्लुङकोटबाट रेडियो नेपालको परीक्षण प्रसारण सुरु

काठमाडौँ । रेडियो नेपालले पर्वतको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङकोटमा स्थापना गरेको स्टेशनबाट आजदेखि परिक्षण प्रसारण सुरु गरेको छ । 

एफ.एम ब्याण्डमा आफ्नो प्रसारण पहुँच विस्तार गर्ने उद्देश्यले रेडियो नेपालले ५ सय वाट क्षमताको एफ.एम. ट्रान्समिटर जडान गरी परिक्षण प्रसारण सुरु गरेको हो । 

नेपाल टेलिकमको टावर र दुर्लुङकोटस्थित भूमे भगवती मन्दिर व्यवस्थापन समितिको भवन प्रयोग गरि एफ.एम रिले प्रसारण आरम्भ गरिएको हो । 

एफ.एम ब्याण्डको सय मेगाहर्जमा सुरु गरिएको यो प्रसारणबाट पर्वत, बागलुङ, म्याग्दी आसपासका जिल्लाहरूमा सुन्न सकिने भएको जडान टोलीका संयोजक समेत रहनुभएका रेडियो नेपालका प्राविधिक उपनिर्देशक सुरेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । 

योसँगै रेडियो नेपालका एफ.एम रिले स्टेशनको सङ्ख्या २९ पुगेको छ । 

नेपाल सरकारको १५ औँ योजनाको अन्त्यसम्ममा देशका सबै भू–भागमा रेडियो नेपालको प्रसारण पहुँच पुर्‍याउने लक्ष्य रहेकाले रेडियो नेपालले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार प्रसारण पहुँच नपुगेका अन्य स्थानहरूमा पनि रेडियो नेपालको प्रसारण पहुँच पुर्‍याउने गरी कार्य गरिरहेको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले जानकारी दिनुभयो ।

 उहाँले देशका सबै जनसङ्ख्यामा रेडियो नेपालले पहुँच पुर्‍याउनु रेडियो नेपालको दायित्व रहेकाले नेपाल सरकारको सहयोगमा यस दायित्वलाई पुरा गर्दै जाने पनि बताउनुभयो ।

आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार हाल रेडियो नेपालको प्रसारण पहुँच कूल जनसङ्ख्याको ९१ प्रतिशत रहेको छ ।

एफ.एम. रिले स्टेशन दुर्लुङकोटको परीक्षण प्रसारणलगायत एफ.एम जडान कार्यका लागि प्राविधिक उपनिर्देशक सुरेन्द्रप्रसाद यादवको नेतृत्वमा प्राविधिक तर्फका वरिष्ठ प्राविधिक अधिकृत जगदिश शर्मा, वरिष्ठ प्राविधिक सहायक गोविन्द पाठक र टोपराज पुरी सहभागी रहनुभएको छ ।

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको प्रयोगात्मक तथा अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
आपत्कालीन सहायता /हेल्पलाईन नम्बरहरू:
चौथो त्रैमासिक प्रगति विवरण २०८२/८३ (स्वतः प्रकाशन)
सार्वजनिक सेवा प्रसारण नेपालकाे सञ्चालक समितिमा दुई सदस्य मनोनीत
रेडियो कार्यक्रम ´बुझौ न´ शुक्रवारदेखि प्रसारण हुने
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)