दशौं चरणको सङ्गीत प्रशिक्षण कक्षा सञ्चालन सम्बन्धी रेडियो नेपालको सूचना

बिगत बर्षहरुमा झै यस पटक पनि रेडियो नेपालले सङ्गीतका बिभिन्न बिधाहरुमा २०७८ साल मङ्सीर २५ गते देखि २०७८ फागुन २५ सम्म सङगीत प्रशिक्षण कक्षा सञ्चालन गर्ने भएकोले ईच्छुक नव प्रतिभाहरुले २०७८ साल मंसिर ७ गते देखि २०७८ साल मंसिर २० गते भित्र रेडियो नेपालको सङ्गीत शाखाको टेलिफोन नं ०१–४२११८५० सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ ।
प्रशिक्षण सञ्चालन हुने विधाहरु


क. गायन
ख. गीतार वादन
ग. बाँसुरी वादन
घ. तवला बादन
ङ. हार्माेनियम वादन
च. सारङ्गी वादन र
छ. मादल वादन ।


प्रशिक्षण सम्बन्धि बिशेष जानकारी
१. सबै बिधाको प्रशिक्षण अवधि ३ महिनाको हुनेछ ।
२. प्रशिक्षार्थीहरुले भर्ना शुल्क सहित तोकीएको प्रशिक्षण शुल्क एकै पटक, एकमुष्ट भुत्तानी गर्नु पर्नेछ ।
३. प्रशिक्षण समाप्त्त भएपछि सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिनेछ ।
४. कुनै पनि विधामा प्रशिक्षण कक्षा सञ्चालन गर्ने नगर्ने भन्ने समन्धमा रेडियो नेपालको निर्णय अन्तिम हुनेछ । यस उपर कुनै उजुरी लाग्नेछैन ।
५. आवेदन दिन चाहानुहुने प्रशीक्षार्थीहरुले सिंहदरवारको पूर्वी गेटबाट सार्वजनिक विदाका दिन बाहेक बिहान ११.०० बजे देखि दिउसो २.०० बजे सम्म फारम भर्न सक्नुहुनेछ ।
६. सङ्गीत प्रशिक्षण कक्षामा सहभागी हुन चाहनेहरुले २०७८ मङसीर ७ गते देखि रेडियो नेपालको वेवसाईट www.radionepal.gov.np वाट पनि डाउनलोड गरी आवेदन फारम भर्र्न सक्नुहुनेछ ।
७. सङ्गीत प्रशिक्षण कक्षा सञ्चालन सम्बन्धि बिषयमा थप जानकारी आवस्यक भएमा रडियो नेपालको टेलिफोन नम्बर ०१ ४२११८५० मा सम्पर्क गर्नु सकिनेछ । साथै रेडियो नेपालको वेवसाईट www.radionepal.gov.np बाट पनि सङ्गीत प्रशिक्षण कक्षा सञ्चालनका बिषयमा जानकारी प्राप्त गर्न सकिने छ ।

समाचार पोर्टल

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको प्रयोगात्मक तथा अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
आपत्कालीन सहायता /हेल्पलाईन नम्बरहरू:
चौथो त्रैमासिक प्रगति विवरण २०८२/८३ (स्वतः प्रकाशन)
सार्वजनिक सेवा प्रसारण नेपालकाे सञ्चालक समितिमा दुई सदस्य मनोनीत
रेडियो कार्यक्रम ´बुझौ न´ शुक्रवारदेखि प्रसारण हुने
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)