तीन दिने अनलाइन तालिम सुरु

No description available.


काठमाडौँ । रेडियो नेपालले आजदेखि (साउन २८ -३० गतेसम्म) तीन दिने अनलाइन तालिम सुरु गरेको छ ।

भर्चुअल तालिमको उद्घाटन गर्नुहुँदै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालको समाचार र कार्यक्रमको उत्पादन, प्रसारण र प्रस्तुतीकरणमा सहयोग पुर्‍याउन र आगामी दिनमा रेडियो नेपालको सेवालाई थप सशक्त बनाउन तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यकारी निर्देशक केसीले रेडियो नेपालको प्रसारणलाई विश्वमानसमा पुर्‍याउनका लागि डिजिटलाइजेसनका माध्यमबाट अगाडी बढाएको अवस्थामा तालिमका माध्यमबाट प्राप्त विज्ञका सुझावहरूले यसलाई थप प्रभावकारी बनाउन सकिने बताउनुभयो ।

This image has an empty alt attribute; its file name is Online-photo-1024x638.png

रेडियो नेपालका निर्देशक एवं व्यापार महाशाखा प्रमुख खगेन्द्र खत्रीले रेडियो नेपालको सेवालाई थप विश्वसनीय बनाउन तालिम फलदायी हुने बताउनुभयो ।

तालिमको पहिलो दिन आज एन्टेना फाउन्डेसनका विनय गुरागाईँले समाचार र कार्यक्रमका फर्मेटका विषयमा प्रस्तुतीकरण दिनुभयो ।

तालिमको सहजीकरण रेडियो नेपाल तालिम शाखा प्रमुख जनार्दन विष्टले गर्नुभएको थियो ।

तालिममा रेडियो नेपालको केन्द्र र प्रदेशमा विभिन्न भाषामा कार्यरत समाचार र कार्यक्रमका कर्मचारीहरूको सहभागिता रहेको छ।

साउन ३० गतेसम्म चल्ने तालिममा विज्ञहरू विनय गुरागाई मधु आचार्य र उपेन्द्र अर्यालले प्रशिक्षण दिनुहुनेछ।

समाचार पोर्टल

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित तथा प्रयोगात्मक परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको प्रयोगात्मक तथा अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)