डोटीको सिलगढीबाट पनि रेडियो नेपालको प्रसारण शुरु

काठमाडौँ । रेडियो नेपालले डोटी, सिलगढीको उडितोलाबाट आजदेखि एफ एम ब्यान्डको १०० मेघाहर्ज (MHZ) मा परीक्षण प्रसारण शुरु गरेको छ । 


प्रारम्भिक अध्ययन अनुसार यो रिले प्रसारणबाट सुदुर पश्चिम प्रदेशका अछाम, डोटी, डडेलधुरा र बैतडीका धेरै स्थान तथा आसपासका क्षेत्रमा रेडियो नेपालको प्रसारण स्पष्टसँग सुन्न सकिने जडानमा संलग्न प्राविधिकहरु बताउँछन् । 

१५ औँ पञ्चवर्षीय योजनाको अवधिभित्र देशको शतप्रतिशत भू–भागमा रेडियो नेपालको पहुँच विस्तार गर्ने लक्ष्य अनुरूप नै यो रिले स्टेशनको परीक्षण प्रसारण शुरु गरिएको कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले जानकारी दिनुभयो । 


डोटी, सिलगढीको उडितोलासहित सुदूरपश्चिम प्रदेशमा कैलालीको बुढीतोला, बैतडीको खोड्पे, दार्चुलाको छापरी र बझाङको राजकोट गरी ५ स्थानमा एफ एम ब्यान्ड मार्फत् रेडियो नेपालले आफ्नो सेवा सञ्चालन गरिरहेको छ । यसबाहेक, सुदूर पश्चिम प्रदेश प्रसारण कार्यालय, दिपायल, मियिडम वेभ ८१० किलो हर्जबाट पनि रेडियो नेपालले आफ्नो सेवा दिइरहेको छ । 

यो पछिल्लो स्टेशनसँगै रेडियो नेपालले हालसम्म देशभरि २५ वटा एफ एम स्टेशन, ६ वटा मिडियम वेभ (MW) स्टेशन र अनलाइन मार्फत् पनि आफ्नो सेवा सुचारु गरिरहेको छ । 

समाचार पोर्टल

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय बर्दिबासको सूचना ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित तथा प्रयोगात्मक परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता
मुलुकको प्रसारण क्षेत्रमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : सञ्चार मन्त्री डा. तिमिल्सिना
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको विभिन्न पदका लिखित परिक्षामा सफल हुनुभएका उम्मेदवारहरुको प्रयोगात्मक तथा अन्तर्वार्ता मिति तोकिएको बारे सूचना
मुख्य सामग्रीमा जानुहोस् (Skip to Content)