पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कृषकलाई पावर टेलर वितरण

radionepal

किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिकाले कृषकहरूलाई पावर टेलर प्रदान गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा २० जना कृषकलाई करिब एक लाख मूल्य बराबरकाका पावर टेलर उपलब्ध गराएको हो ।

नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी कृषकलाई पावर टेलर प्रदान गरेको हो । कृषकलाई पावर टेलर वितरण गर्दै नगर प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले व्यावसायिक कृषिमा लाग्न चाहनेलाई सघाउन सहयोग गरेको बताउनुभयो ।

यस्तै, कार्यक्रममा उपप्रमुख मीरा जोशीले कृषिमा लाग्न चाहनेका लागि नगरपालिकाले प्राथमिकता दिएको र प्रविधिको प्रयोग गरी व्यावसायिक कृषि पेशामा अँगाल्न आग्रह गर्नुभयो ।

नगरपालिकाको आर्थिक पूर्वाधार विकास शाखा प्रमुख राजेन्द्र कार्कीले नगरपालिकाले पावर टेलरका लागि नगरपालिकाले ५० लाख छुट्टाएको र कुल ८० प्रतिशत अनुदानमा ४० लाखका दुई ठुला ट्याक्टर पनि प्रदान गरिने बताउनुभयो ।

वडामार्फत पनि यस्ता सहयोग वितरण भएको भन्दै उहाँले बाली विकासको पनि माग आएमा अनुदान उपलब्ध गराउन सकिने बताउनुभयो । नगरपालिकाले झण्डै ३ करोड हाराहारीमा रकम कृषिमा विनियोजन गरेको बताइएको छ ।