पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

लागू औषधसहित तीन जना पक्राउ 

सञ्जीव विक्रम शाह, राजविराज । सप्तरीबाट सशस्त्र प्रहरीको टोलीले भारतबाट लागू औषध ल्याउँदै गरेका तीन जना युवकलाई पक्राउ गरेको छ ।

भारतबाट लागू औषध बोकेर पैदल आउँदै गरेका उनीहरूलाई तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ बेल्हीबाट सोमबार दिउँसो पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा मोरङको पथरी निवासी २३ वर्षीय निर्मल परियार, २५ वर्षीय करण लिम्बु र सोही उमेरका करण तामाङ छन् ।

उनीहरूको साथबाट फेनारगन इन्जेक्सन १० थान, डाइजेपाम इन्जेक्सन ११ थान र लिजेसिक इन्जेक्सन १० थान बरामद भएको श्रेष्ठले जानकारी दिनुभयो । 

लागू औषधसहित पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी चौकी तिलाठीको जिम्मा लगाइएको बीओपी तिलाठीले जनाएको छ ।