पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भेजिटेवल आयल प्लान्टमा भएको आगलागीबाट करोडौँको क्षति

वीरगञ्ज । वीरगञ्ज पथलैया औद्योगिक करीडोर अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका छातापिपरामा रहेको आरती सोप एन्ड ईण्डष्ट्रीज प्रालिको भेजिटेवल आयल प्लान्टमा भएको आगलागीबाट करोडौँको क्षति भएको छ ।

आईतबार साँझ पौने ७ बजेदेखि लागेको आगो १६ घण्टापछि नियन्त्रणमा आएको छ । 

वीरगञ्ज महानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, अमलेखगन्ज आयल निगम, कलैया उपमहानगरपालिका, हेटौडा उपमहानगरपालिकाको गरी ८ वटा दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उद्योगका मजदुर तथा कर्मचारी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । आगलागी अचानक विद्युत् सर्ट हुँदा भएको हुनसक्ने अनुमान गरिएको छ ।