पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको : शिक्षा मन्त्री श्रेष्ठ

radionepal

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले सङ्घीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको बताउनुभएको छ । 

उहाँले २०२८ सालको शिक्षा ऐनलाई परिवर्तन गरी शिक्षामा आमूल परिवर्तन आवश्यक रहेको जोड दिनुभएको छ । लुःनिभा वाल सरोकार समूहले ललितपुरमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उहाँले आफूले मन्त्रालयको बागडोर सम्हालेपछि थुप्रै परिवर्तन गरेको उल्लेख गर्नुभएको छ । 

कोभिड–१९ को कारण थला परेको शैक्षिक क्षेत्रको सुधारका लागि नयाँ योजना ल्याउने प्रक्रिया अघि बढेको उहाँले जानकारी गराउनुभयो । अलमलमा रहेको शैक्षिक क्षेत्रको टुङ्गो लगाउनुका साथै विद्यार्थी स्थानान्तरण गर्ने व्यवस्था गरेकोसमेत बताउनुभयो । एसइई को गुणस्तर सुधार गर्न सङ्घबाटै एसइई लिने व्यवस्था गरेको समेत स्पष्ट पार्नुभयो ।

उहाँले शिक्षा प्रणालीको समग्र सुधार गर्न सबै प्रदेशका शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । 

उहाँले सरकार द्धन्द पीडित, राहत, अस्थायी शिक्षकको समस्या समाधान गर्न लागि परेको उल्लेख गर्दै यस्ता विषयमा सरकारको गम्भीर ध्यान पुगेको बताउनुभयो ।