पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नियम विपरीत सञ्चालित मेडिकल सिल

टेकराज भण्डारी, अछाम | अछामको साँफेबगर नगरपालिका वडा नम्बर १३ मा नियम विपरीत सञ्चालित एक मेडिकल सिल गरिएको छ । सोही वडाका वडाध्यक्षले सञ्चालन गरेको निजी मेडिकल सिल गरिएको छ । वडाध्यक्ष सागरसिंह बाब्लीले सञ्चालन गरेको मेडिकल १५ दिनका लागी जिल्ला  प्रशासन कार्यालय अछामले सिल गरेको जनाएको छ ।

अनुगमनका क्रममा नियम विपरीत सञ्चालन गरेको भन्दै बाब्ली मेडिकल हल सिल गरेको अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । मेडिकलबाट म्याद गुज्रेका औषधी र भेटेरिनरीका सामाग्री समेत बिक्री गर्ने गरेको पाइएपछि कार्वाहि स्वरूप मेडिकल सिल गरिएको प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनुभयो ।