तानसेनका पसलमा ठगी गर्ने युवा पक्राउ
विष्णु खनाल, पाल्पा । पाल्पाको तानसेन बजारमा ठगी गर्ने युवा पक्राउ परेका छन् ।
तानसेनका बजारमा व्यवसायी र पसलमा विभिन्न बहानामा ठगी गर्दै हिँड्ने रुपन्देही बुटवल ४ बस्ने वर्ष ३८ का नारायण सुवेदी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाए अनुसार उनलाई नियन्त्रणमा लिई ठगी मुद्दामा अनुसन्धान हुनेछ ।