पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिभिल बैङ्कको साधारण सभाद्वारा मर्जरका लागि बाटो खुला गर्ने निर्णय

काठमाडौँ । सिभिल बैङ्कको दशौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गर्नुका साथै मर्जरका लागि बाटो खुला गर्ने निर्णय गरेको छ ।

आइतबार सम्पन्न बैङ्कको दशौं वार्षिक साधारणले सभाबाट गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले सिभिल बैङ्क र अन्य कुनै बैङ्क तथा वित्तीय संस्थाहरू गाभ्ने तथा गाभिनसम्बन्धीको सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ । साथै बैङ्कले स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्ने लगायतका अख्तियारी पनि सञ्चालक समितिलाई प्रदान गरेको छ ।