पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भारतद्वारा इंग्ल्यान्डविरुद्धको टी–ट्वान्टी सिरिजका लागि टिम घोषणा

काठमाडौँ । भारतले इंग्ल्यान्डविरुद्धको टी–ट्वान्टी सिरिजका लागि टिमको घोषणा गरेको छ ।

भारतले विराट कोहलीको कप्तानीमा १९ सदस्सीय टिमको घोषणा गरेको हो । भारतले घोषणा गरेको टिममा तीन खेलाडीले पहिलो पटक मौका पाएका छन् । ब्याट्सम्यान सूर्य कुमार यादव, विकेटकिपर ब्याट्सम्यान इशान किसन र अलराउण्डर राहुल टेवाटिया पहिलो पटक टी–ट्वान्टी टिममा परेका छन् ।

उनीहरूले २०२० को आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यस्तै टिममा रोहित शर्मा, भुवनेश्वर कुमार, ऋषव पन्त र वरुण चक्रवर्ती टिममा फर्किएका छन् । चोटका कारण मनिस पाण्डे, सज्नु सामसुन र मायांक अग्रवाल टिम बाहिर रहेका छन् । भारतले घरेलु मैदानमा इंग्ल्यान्डसँग ५ खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । टी–ट्वान्टी सिरिज मार्च १२ मा सुरु हुनेछ ।