पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नर्भिक इन्टरनेशनल हस्पिटलका सेवा डिजिटाइज्ड 

radionepal

भुवनप्रसाद आचार्य, काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलले पुरानो आउट पेसेन्ट डिपार्टमेन्ट(ओपिडी)को पुनर्निर्माण गरी सेवाहरूलाई डिजीटाइज्ड गरेको जनाएको छ । 

विश्व स्तरीय नयाँ ओपिडीको आइतबार औपचारिक उद्घाटन गरिएको र अस्पतालले आफ्ना सम्पूर्ण सेवालाई पूर्ण रुपमा डिजीटाइज्ड गरी अत्याधुनिक बनाउने कामको सुरुवात ओपिडीलाई डिजीटाइज्ड गरी शुरु गरेको नर्भिक इन्टरनेशनल हस्पिटलका प्रबन्ध निर्देशक मेघा चौधरीले बताउनुभयो । 

अस्पतालमा बिरामीले पैसा तिरेपछि सोही अनुसारको सेवा पाउन सकुन् भन्ने उद्देश्यले नर्भिकको सेवालाई अत्याधुनिक बनाउने थालनीको रुपमा ओपिडीबाट पुनर्निर्माणको काम थालिएको चौधरीले जानकारी दिनुभयो । 

अत्याधुनिक र पूर्ण डिजीटाइज्ड ओपिडीको समुद्घाटन कार्यक्रममा नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले देशकै स्तरीय अस्पताललाई अझ स्तरीय बनाइराख्न पुनर्निर्माण गरिएको बताउनुभयो । 

अत्याधुनिक ओपिडीमा आधुनिक लुक्सको साथमा पहिलाभन्दा अझ स्तरीय सेवा, सबै सेवाको पूर्ण डिजीटाइजेसन तथा स्मार्ट स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको व्यवस्था गरिएको छ । 

पुनर्निर्माण सँगै अत्याधुनिक ओपिडीमा बिरामीहरूले पट्यारलाग्दो ढङ्गले पालो कुरिरहनु नपर्ने, वातानुकूलित र स्तरीय प्रतीक्षालयमा बसेर आफूले लिएको टोकनसँग सम्बन्धित सूचना डिजिटल डिस्प्लेमा डिस्प्ले भएपछि मात्र बिलिङका लागि जानुपर्ने सुविधा उपलब्ध भएको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ ।