पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रजातन्त्र दिवसको अवसरमा अन्तर विद्यालय प्रतियोगिताहरू सम्पन्न

radionepal

उत्सव आचार्य, सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका मा ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आस्मान नेपाल र सप्तकोसी नगरपालिकाको संयुक्त आयोजनामा सप्तकोसी नगर स्तरीय अन्तर विद्यालय हाजिर जबाफ, निबन्ध र बकतृत्वकला प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ ।

सुरक्षित सिकाइ कार्यक्रम अन्तरगत बाल संरक्षण र लैङ्गिक हिंसा सम्बन्धी हाजिरी जबाफ, निबन्ध, वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको आस्मान नेपालका सुरक्षित विद्यालय अधिकृत अमित दहितले जानकारी दिनुभयो ।

हाजिरी जवाफतर्फ १६ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा लिटिल स्टार इ.बो स्कुल प्रथम, ब्राइट्फ्युचर इ.बो स्कुल दोस्रो, राष्ट्रिय मा.बि तेस्रो र मोदर मेमोरियल स्कुलले चौथो हासिल गरेका थिए भने निबन्धतर्फ सत्य कुमारी झा नन्द उमा पब्लिक मावि प्रथम, रश्मि श्रेष्ठ नन्द उमा पब्लिक मावि दोस्रो, विजय राई गोबैज उ.मा.बि तेस्रो र चौथो सुस्ता बिस्ट नन्द उमा पब्लिक माविले जितेका थिए ।

त्यसैगरी वक्तृत्वकलातर्फ सरिता पैकरा जनता मा बि भगनि प्रथम, वर्षा सोनी राष्ट्रिय मा.वि फत्तेपुर दोस्रो, सुमित्रा परियार नन्द उमा पब्लिक मा बि तेस्रो र विनोद राउत ब्राइट फ्युचरले चौथो स्थान हासिल गरेका थिए । 

प्रतियोगितामा सप्तकोसी नगरपालिका भरिका सामुदायिक र निजी गरेर १६ वटा विद्यालय को सहभागिता रहेको थियो । 

प्रतियोगितामा विजेताहरूलाई सप्तकोसी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्मा, उप प्रमुख आशा चौधरी, शिक्षा अधिकृत रमेशकुमार खड्का, आसमान नेपालका सुरक्षित विद्यालय अधिकृत अमित दहितले पुरस्कार प्रमाणपत्र वितरण गर्नुभएको थियो ।