पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हेटौँडामा प्रजातन्त्र दिवसका अवसरमा म्युजिकल थेरापी आयोजना

radionepal

विश्व अधिकारी, मकवानपुर । ७१ औँ प्रजातन्त्र दिवसको अवसरमा शुक्रवार साँझ बाग्मती प्रदेशको राजधानी हेटौँडामा म्युजिकल थेरापी कार्यक्रम आयोजना गरिएको छ । 

शुक्रवार साँझ हेटौँडाको बुद्ध चोकमा बाग्मती प्रदेश प्रहरी कार्यालयले म्युजिकल थेरापी कार्यक्रम आयोजना गरेको हो । 

विभिन्न समस्याका कारण तनावको अवस्था महसुस गर्ने आम नागरिकहरूलाई म्युजिकल थेरापी मार्फत तनावमुक्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । त्यस अवसरमा बाग्मती प्रदेश प्रहरी ब्यान्ड गुल्मद्वारा विभिन्न प्रकारका साङ्गीतिक धुनहरू मार्फत तनाव व्यवस्थापनको प्रयास गरिएको थियो । 

कार्यक्रममा स्वास्थ्य सुरक्षाप्रति पूर्ण सावधानीका साथ नागरिकको ठूलो सहभागिता थियो ।