पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बुटवलमा दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता शुरु

radionepal

रामप्रसाद आचार्य, रुपन्देही । बुटवल उपमहानगरपालिकामा दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता शुरु भएको छ । बुटवल नगर खेलकुद विकास समितिको आयोजनामा शुक्रवारदेखि राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता शुरु भएको हो । 

आगामी १० गतेसम्म चल्ने उक्त प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै उपमहानगरपालिकाका विद्यालय तहमा लुकेर रहेका खेल क्षेत्रका प्रतिभाहरूले यस्तो छनोट प्रतियोगिताले बाहिर ल्याउन मद्दत पुर्‍याउने बताउनुभयो । 

बुटवल ११ देवीनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा शुरु भएको प्रतियोगिता अन्तरगत नगरका संस्थागत र सामुदायिक गरी ३० विद्यालयको सहभागिता रहने काउछाले जानकारी दिनुभयो । 

कुल १ हजार ३ सय ३४ विद्यार्थी सहभागी रहने प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ४२ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछन् । राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने काउछाले जानकारी दिनुभयो । 

प्रतियोगितामा एथलेटिक्स, रिले दौड, हाइ जम्प, लङ जम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल, कबड्डी, कराँते, तेक्वाण्डो लगायतका प्रतियोगिताहरू हुने छन् । पहिलो दिन कालिका मानव ज्ञान माविका विद्यार्थीहरूले पिटी लगायतका आकर्षक खेल प्रस्तुत गरेका थिए ।