पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘राजनीतिक स्थायित्व र सम्वृदिका लागि निर्वाचन अपरिहार्य’

radionepal

कुमोद अधिकारी, विराटनगर । प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले राजनीतिक स्थायित्व र मुलुकको संवृद्धिका लागी निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ । 

प्रेस सङ्गठन नेपाल प्रदेश १ को भेलामा उहाँले आगामी वैशाखमा हुन लागेको  निर्वाचनका लागि निर्वाचन आयोगले तयारी शुरु गरिसकेको र राजनीतिक दलहरू पनि कुनै कुनै रुपमा निर्वाचनको तयारीमा जुटिसकेको बताउनुभयो ।

मुख्यमन्त्री राईले स्थायी शान्ति सुशासन र विकास हाम्रो लक्ष्य हो भन्नुहुँदै तोकिएकै मितिमा निर्वाचन हुने दाबी गर्नुभयो । 

कार्यक्रममा प्रदेश न १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमत कार्कीले निर्वाचन सरकारको बाध्यात्मक कदम भएको भन्दै निर्वाचनमा अवरोध पुर्‍याउने कुरा जनतालाई स्वीकार्य नहुने बताउनुभयो । 

कार्यक्रममा नेकपा प्रदेश १ प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी,  प्रेस सङ्गठन नेपालका इर्चाज एवं नेकपाका केन्द्रिय सदस्य राजेन्द्र गौतम, पत्रकार महासङ्घका पूर्व सभापति डा महेन्द्र विष्ट, पत्रकार महासङ्घ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेल प्रेस सङ्गठनका प्रदेश संयोजक गणेश पोखरेल, लगायतले पत्रकारको हकहितका विषयमा बोल्नुभएको थियो । 

भेलामा  वरिष्ठ पत्रकार एवं साबिक प्रेस चौतारीका महासचिव प्रमोद दाहाल लगायत प्रदेश १ का १४ वटै जिल्लाका पत्रकारहरूको सहभागिता रहेको छ ।