पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पाँच जना एमिकस क्युरीमध्ये चार जनाको सकियो

radionepal

अर्जुन श्रेष्ठ, काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा चयन पाँच एमिकस क्युरीमध्ये आजसम्म चार जनाले आफ्नो राय दिनुभएको छ । 

सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाई भइरहेको सो मुद्दामा आजसम्म वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली र पूर्णमान शाक्यले आफ्नो राय दिनुभएको हो । 

आजको इजलासमा एमिकस क्युरीमा चयन वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संविधानमा संसदले सरकार दिन नसके स्वतः संसद् विघटन हुन सक्ने प्रावधान भएपनि प्रधानमन्त्रीले सोझै विघटन गर्ने व्यवस्था नभएको बताउनुभयो । 

एमिकस क्युरीमा रहनु भएका ५ मध्ये आजसम्म चार जना वरिष्ठ अधिवक्ताले आफ्नो राय दिइसक्नुभएको छ भने एक जनाले राय दिन बाँकी छ ।