पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ताजा जनादेश लिने कदम नै अग्रगमनः मन्त्री ढकाल

radionepal

झापा । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मिति तोकेर ताजा जनादेश लिन निर्वाचनमा जाने प्रधानमन्त्री केपी ओलीको कदम अग्रगमन भएको बताउनुभएको छ ।

झापाको मेचीनगरमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को क्षेत्रीय भेलामा मन्त्री ढकालले चुनावको विरोध गर्ने र विघटित प्रतिनिधिसभाको पुनः स्थापनको माग गर्ने प्रतिगमनकारी भएको आरोप लगाउनुभयो । 

कार्यक्रममा नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङले सर्वोच्च अदालतले शुरुमै स्थगन आदेश नदिएको हुँदा आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने बताउनुभयो । 

उहाँले प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपा नै आधिकारिक पार्टी भएकाले सोही पार्टीले सूर्य चिन्ह पाउने जिकिर गर्नुभयो ।