पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चितवनमा पहिलो पटक बैङ्किङ प्रणालीबाट ट्राफिक जरिवाना भुक्तानी शुरु

radionepal

सूर्यप्रसाद अधिकारी, चितवन । चितवनमा पहिलो पटक बैङ्किङ प्रणालीबाट ट्राफिक भुक्तानी शुरु भएको छ । आज नारायणगढमा आयोजित एक कार्यक्रमबिच उक्त सेवाको शुभारम्भ गरिएको हो । 

सेवाको शुभारम्भ वाग्मती प्रदेश कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्त कुमार लामाले गर्नुभएको हो । कार्यक्रममा लामाले नेपाल प्रहरी प्रविधिमैत्री भएको भन्दै आर्थिक पारदर्शिता र ट्राफिक जरिवानालाई व्यवस्थित गर्न बैंकिङ्ग प्रणालीबाट शुरु गरेको बताउनुभयो । 

जिल्ला ट्राफिक कार्यालय, चितवनका प्रमुख दयाकृष्ण भट्टले जिल्लाको आइएमईका १३ वटा शाखाबाट सेवा शुरु गरिएको बताउनुभयो । 

चितवन जिल्ला भएर दैनिक २५ हजारभन्दा बढी सवारीको आगमन हुने गर्दछ ।