पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ल्होसारको अवसरमा पर्सागढीमा सांस्कृतिक महोत्सव

radionepal

ध्रुव अधिकारी, वीरगञ्ज । तामाङ समुदायको २८५७ औँ सोनाम ल्होसारको अवसरमा  आज पर्साको पर्सागढी नगरपालिका को बढनियारमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ । 

महोत्सवमा तामाङ सेलो नृत्य, झाँक्री र लामा नाचसहितको सांस्कृतिक र्याली एवं तामाङ समुदायको भेषभुषाको प्रदर्शन समेत गरिएको थियो ।

महोत्सवको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री अजय चौरसियाले नेपाल बहुभाषिक, बहु सांस्कृतिक, बहु धार्मिक मुलुक भएको र सबै वर्ग र समुदायको उत्थानबाट मात्रै मुलुकको समृद्धि हुने कुरामा जोड दिनुभयो । 

उहाँले तामाङ समुदायले आफ्नो प्रमुख चाड ल्होसारको अवसरमा आयोजित सांस्कृतिक महोत्सवले सबै वर्ग र समुदायलाई आ–आफ्नो रीतिरिवाज, धार्मिक, सांस्कृतिक परम्परालाई जोगाउन ऊर्जा प्रदान गरेको बताउनुभयो । 

कार्यक्रममा पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादव, उपप्रमुख अर्चना चौधरी लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरूको बेजोड प्रस्तुतिले ग्रामीण क्षेत्रका दर्शकहरू मन्त्रमुग्ध बनाएको थियो ।