पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडियो नेपालबाट स्वस्थानी व्रतकथामा आधारित नाटक प्रसारण हुँदै

काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यसैबीच रेडियो नेपालले सधैका बर्षजसो यस बर्षपनि स्वस्थानी व्रतकथा नाटक प्रशारण गर्ने भएको छ । रेडियो नेपालले आफ्नो उत्पादन गरेको स्वस्थानी व्रतकथामा आधारित नाटक गर्ने सयम तालिका शार्वजनिक गरेको हो  । जसअनुसार यो नाटक आईतबार बेलुका ९:२० बजे , सोमबार ९:२० बजे,मंगलबार ८ :१५ बजे ,बुधबार ८:१५ बजे ,बिहिबार ८:१५ बजे शुक्रबार ८:१५ बजे र शनिबार ९:२० बजे  सुन्न सकिने  छ ।