पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आज राजविराजमा नेकपाको जनजागरण सभा : उपप्रधानमन्त्री पोखरेलले संवोधन गर्नुहुने

 

सप्तरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज राजविराजमा जनजागरण सभा आयोजना गर्दैछ । ‘चलु राजविराज, भरु राजविराज’ नाराकारसाथ रङ्गशालामा जनजागरण सभा गर्न लागिएको नेकपाले जनाएको छ ।

जनजागरण सभामा पार्टीका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले संवोधन गर्नुहुने कार्यक्रम छ ।

सभामा केन्द्रीय सदस्य कानुन तथा संसदीय व्यवस्था मन्त्री लीलानाथ श्रेष्ठ, केन्द्रीय सदस्य तथा महिला बालबालिका मन्त्री जुली महतो, स्थायी कमिटी सदस्य, प्रदेश–२ इन्चार्ज सत्यनारायण मण्डल, स्थायी कमिटी सदस्य रघुवीर महासेठ, केन्द्रीय सदस्य, प्रदेश–२ अध्यक्ष एवं शहरी विकास मन्त्री प्रभु साह, केन्द्रीय सदस्य, प्रदेश–२ सचिव राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल लगायतले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला प्रवक्ता सुखराम यादवले जानकारी दिनुभयो ।