पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रधानमन्त्रीद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

 

भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ।

 

भतिक पूर्वाधार विकास मन्त्री वसन्तकुमार नेम्वाङलगायतलाई साथैमा लिएर विमानस्थलको निर्माणकार्यको पछिल्लो अवस्थाका बारेमा निरीक्षण गर्दै जानकारी लिनुभएको हो ।

हिउँदमा बाक्लो धुंदी लाग्दा प्राय अवरुद्ध हुने भैरहवा विमानस्थलमा अन्तराष्ट्रिय बनेसंगै नयाँ प्रविधि जडान गर्ने विषयमा प्रधानमन्त्रीले विशेष चासो दिनुभएको थियो ।

दाङको कार्यक्रम सकेर हेलिकप्टरबाट प्रधानमन्त्री ओलि सोमबार बेलुकी भैरहवामा आउनुभएको थियो । हेलिकप्टरबाट झरेर र केहीबेर धावनमार्गको समेत निरीक्षण गर्नुभएको उहाँसंगै सहभागी नेकपा रुपन्देहीका केन्द्रिय सदस्य हितराज पन्थीले जानकारी दिनुभयो ।