पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सेनाद्वारा बरामद भरुवा बन्दुक निकुञ्जलाई हस्तान्तरण

radionepal

काठमाडौं । नेपाली सेना र शे—फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका प्रतिनिधि सहितको संयुक्त टोलीले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रबाट स्थानीय जन प्रतिनिधिहरुको सहयोगमा २५ नाल भरुवा बन्दुक बरामद गरी राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको छ ।

स्थानीय जन प्रतिनिधिहरुको सहयोगमा भरुवा बन्दुक जस्ता हातहतियारहरु सरकारी निकायलाई हस्तान्तरण गर्नु अति नै प्रशंसनिय कार्य रहेको र यसबाट स्थानियवासीहरु सचेत हुँदै गएको एवं निकुञ्ज सुरक्षा प्रशासनको विश्वसनियता बढ्दै गएको देखिन्छ ।

यस प्रकारका पहलकदमीले निकुञ्ज तथा आसपास इलाकामा हुने गरेका चोरी शिकारी तथा अवैध गतिविधि नियन्त्रणमा आउने नेपाली सेनाले जनाएको छ ।