पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मध्यमोदी जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण सम्पन्न

रोशन तिवारी, पर्वत । पर्वतको मोदी गाउँपालिकामा चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण सकिएको छ । विसं २०७१ देखि निर्माण सुरु भएको आयोजनाको झन्डै सात वर्षको अवधिमा ७५ प्रतिशत निर्माण सम्पन्न भएको हो । 

समग्रमा हालसम्म ७५ प्रतिशत निर्माणको काम सम्पन्न भएको आयोजनाका वरिष्ठ जनसम्पर्क अधिकृत अशोक आचार्यले जानकारी दिनुभयो । 

लामो समयसम्म प्रभावित पावर हाउस निर्माण अहिले तीव्र गतिमा भइरहेको छ । पावर हाउससँगै टेलरेस निर्माण गरिने छ । अन्य क्षेत्रको भन्दा बढी काम पावर हाउसको बाँकी छ । पावर हाउसको निर्माण जेठभित्रै सम्पन्न गरेर असारसम्म आयोजना नै सम्पन्न गर्ने लक्ष्य छ । 

आयोजनाको २ हजार ६९४ मिटर सुरुङ खोल्ने काम गत वर्ष सकिएको थियो । आयोजना सुरु भएको झन्डै पाँच वर्षमा सुरुङ खोल्ने काम सकिएको थियो । आयोजनाले आगामी २०७८ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।