पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनको तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाल राष्ट्रिय एक द्वार प्रणाली Nepal National Single Window System कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको भन्सार विभागले जनाएको छ । यसै सन्दर्भमा भन्सार विभागले नेपाल राष्ट्रिय एक द्वार प्रणाली कार्यान्वयनका सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र, पशु सेवा विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग आइतबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मुलुकको आयात निर्यात प्रक्रियालाई Digitization गरी कार्यान्वयनको चरणमा प्रवेश गरेको विश्व व्यापार सगठनको व्यापार सहजीकरण सम्झौता कार्यान्वयनको एक प्रमुख मापक रुपमा भन्सार विभागले अघि सारेको नेपाल राष्ट्रिय एक द्वार प्रणाली महत्त्वपूर्ण कोशेढुंगा हुने अपेक्षा गरिएको छ ।

हालसम्म नेपालमा लाइसेन्स वा अनुज्ञा पत्र प्राप्त गरेर आयात हुने कुल वस्तुहरूमध्ये ८२.३ प्रतिशत कृषि क्षेत्रको रहेको छ ।

यो प्रणाली लागू भए पश्चात् कृषिजन्य बस्तुको निकासी पैठारी गर्दा समय र लागत दुवै कम पर्नेछ । निकासीकर्ता वा पैठारीकर्ता सम्बन्धित विभाग र कार्यालयमा भौतिक रूपमा उपस्थित हुनु नपर्ने, सिफारिस पत्रसाथ भन्सार विन्दुमा पुग्नुपर्ने झन्झटको अन्त्य भई यसबाट व्यापार सहरीकरणमा थप सहयोग पुग्ने छ ।