पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रिय महिला लिगमा त्रिभुवन आर्मीद्वारा पहिलो जित

अजय बम, काठमाडौँ । त्रिभुवन आर्मी फुटबल क्लबले जारी राष्ट्रिय महिला लिगमा पहिलो जित दर्ता गराएको छ । वालिङ नगरपालिकालाई ७–० ले हराउँदै आर्मीले दोस्रो खेलमा पहिलो जित निकालेको हो ।

आर्मीले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक पूरा गरिन् भने दिपा राई, शर्मिला थापा, हेमा चौधरी र भुजना राईले समान १ गोल गर्नुभयो ।

सावित्रा भण्डारी साम्बाले ४ गोल गरेपछि नेपाल एपीएफ क्लबले महिला लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा भएको आइतबारको दोस्रो खेलमा एपिएफले विराटनगर नगरपालिकालाई ७–० को फराकिलो अन्तरले हराएको छ । शतप्रतिशत नतिजा निकालेको एपिएफको ६ अंक भएको छ । भण्डारीको चार गोलसहित एपिएफकी अनिता केसीले २ तथा सरु लिम्बुले एक गोल गर्नुभयो ।