पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पिछडावर्ग महासभाको अध्यक्षमा महतो निर्विरोध निर्वाचित

radionepal

अजय कुमार झा, जनकपुरधाम । जनकपुरधाममा पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय अध्यक्ष पदमा रामकुमार महतोलाई निर्विरोध रुपमा निर्वाचित गरेको छ ।

जनकपुरको उघोग वाणिज्य सङ्घमा हिजोदेखि चलिरहेको पिछडावर्ग ओबिसीको महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा महतोसहित ४१ जना नयाँ पदाधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ ।

निर्वाचित नयाँ कार्य समितिमा अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, सह–महासचिव २ जना, सचिव २ जना, कोषाध्यक्ष १ जना, सह–कोषाध्यक्ष १ जना हुनुहुन्छ ।

यसैगरी, महिला सदस्य १० जना र पुरुष सदस्य १८ जना गरी ४१ जनाको केन्द्रीय कार्यसमिति निर्विरोध रुपमा निर्वाचित गरेको निर्वाचन समितिले जनाएको छ । निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन अधिकृत कालेश्वर महतोले प्रमाण पत्र वितरण तथा शपथ ग्रहण गराउनु भएको थियो ।

यस अघि पनि महतो नै पिछडा वर्ग महासभाको अध्यक्ष हुनुहुन्थ्यो ।