पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथिको सुनुवाइ जारी

radionepal

अर्जुन श्रेष्ठ
काठमाडौँ ।
 प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथिको सुनुुवाई आज पनि जारी छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सो रिटमा कानुन व्यवसायीहरूको बहस जारी रहेकाले सुनवाइ हेर्दाहेर्दैमा राखेर आजका लागि तोकेको थियो ।

सुनुवाइमा रिट निवेदक तर्फका कानुन व्यवसायीहरूको बहस जारी छ ।

संवैधानिक इजलासमा भइरहेको जारी बहस बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गरेको विषय वैधानिक हो या होइन भन्नेमा नै केन्द्रित छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनको अघिल्लो आइतबारदेखि एकसाथ सुनुवाइ गरिरहेको छ ।