पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

व्यावसायिक च्याउ र सिस्नु खेतीप्रति युवा वर्ग आकर्षित

मकवानपुर । मकवानपुर जिल्लामा व्यावसायिक रुपमा च्याउ र सिस्नु खेतीप्रति युवा वर्ग आकर्षित भएका छन् ।

वैदेशिक रोजगारी र जिल्ला बाहिर रोजगारी गर्नुभन्दा जिल्लाभित्रै व्यावसायिक रुपमा च्याउ र सिस्नु खेती गरी स्वरोजगारीको अवसर निर्माण गरेको स्थानीय युवाहरूले बताउनुभएको छ ।

हेटौँडा उपमहानगरपालिका–६ का प्रकाश पौडेलले स्वरोजगार बन्न च्याउ खेती  स्वरोजगारी र जीविकोपार्जनको उपयुक्त बाटो बन्न पुगेको बताउनुभयो ।

त्यहाँ उत्पादित च्याउलाई बजारको कुनै समस्या नरहेको र च्याउको मूल्य प्रतिकेजी २००  देखि रु २५० सम्म बिक्री वितरण हुने गरेको छ । 

मकवानपुर जिल्लासमेत कार्य क्षेत्र पर्ने कृषि ज्ञान केन्द्र चितवनले च्याउ खेतीको प्रवर्द्धनका लागि विविध कार्य भइरहेको जनाएको छ । 

कृषि क्षेत्रलाई प्रवर्द्धनका लागि किसान वर्गलाई आवश्यक तालीम प्रदान गर्ने योजना रहेको वाग्मती प्रदेशअन्तर्गत भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयका प्रवक्ता डा शरणकुमार पाण्डेले जानकारी दिनुभयो ।