नापी निरीक्षकसहित २ जना पक्राउ
रामप्रसाद आचार्य, रुपन्देही । सेवाग्राहीबाट अतिरिक्त रकम लिएका रूपन्देही जिल्ला अदालतका नापी निरीक्षक (सर्वेक्षक) सुमित चौलागाईं र मनोज थापा अख्तियारद्वारा पक्राउ परेका छन् ।
अदालतमा परेको जग्गासम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भनी उनीहरूले सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेका थिए ।
सेवाग्राहीबाट ५ हजार अतिरिक्त रकम लिइसकेको अवस्थामा रूपन्देही कोटहीमाई गाउँपालिका १ बोगडियाबाट उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अतिरिक्त रकम माग गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।