पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नव निर्वाचित अमेरिकी राष्ट्रपति वाइडेनले शपथ ग्रहण गर्नुहुँदै

radionepal

काठमाडौँ । नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आज राती अमेरिकाको ४६ औ राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्नुहुने कार्यक्रम तय भएको छ  । 

आजै निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो  चार वर्षे राष्ट्रपतिको कार्यकाल सकेर  ह्वाइट हाउस छोडेपछि  नव निर्वाचित राष्ट्रपति बाइडेनले ( इनोग्यूरेशन ) पदभार ग्रहण गरेपछि ह्वाइट हाउस प्रवेश गर्नुहुने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।  

अमेरिकामा नयाँ राष्ट्रपतिको पदभार ग्रहणको कार्यक्रम वासिङ्टन डिसी स्थानीय समय अनुसार बिहान १०.३० बजे सुरु हुने छ । 

जो बाइडेनले शपथ खाएको केही घण्टामै डब्लुएचओ, पेरिस जलवायु सम्झौता  लगायतका महासन्धि र कोरोना महामारीविरुद्धको नीति र आप्रवासी लगायतका १५ बुँदा लागू गर्न निर्देशन जारी गर्नुभएको छ । 

साथै उहाँले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सावधानी अपनाउन सरकारका अधिकारी र सङ्घीय तथा प्रादेशिक सरकारी निकायका पदाधिकारी र कर्मचारीलाई आग्रह गर्नुभएको छ ।