पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

त्रिभुवन आर्मी र पुलिस क्लबबिचको खेल गोलरहित बराबरीमा सम्पन्न

अजय बम, काठमाडौँ । राष्ट्रिय महिला फुटबल लिगको उद्घाटन खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन् ।

दशरथ रङ्गशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका छन् । दुई विभागीय टिमविरुद्ध खेल प्रतिस्पर्धात्मक बने पनि पहिलो हाफमा त्यस्तो धेरै अवसर भने दुवै टिमले सिर्जना गर्न सकेनन् ।

सुरुवातमा पुलिसले आर्मीमाथि केही दबाब दिएको थियो । तर, पहिलो हाफको अन्तिमतिर आर्मीले पकड बनाएको थियो । जसका कारण आर्मीले एउटा उत्कृष्ट मौकाको सिर्जना गरेको थियो । तर, त्यो प्रयासलाई पुलिसको डिफेन्सले विफल बनाए । 

दोस्रो हाफमा पनि दुवै टिमबाट थप गोल भएन र खेल बराबरीमा सकियो । जसका कारण दुवै टिमले पहिलो खेलबाट एक–एक अङ्क हात पारेका छन् । फागुन सात गतेसम्म चल्ने प्रतियोगिता डबल राउन्ड रोविनका आधारमा हुनेछ ।