पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थप ३ सय १८ जनामा संक्रमण पुष्टि, ३ सय ८३ जना निको

radionepal

बालिका मादेन, काठमाडौं । आज ३ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  देशभर ५ हजार १२ वटा पिसीआर परिक्षण गर्दा २ सय ६ पुरुष र १ सय १२ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यो सँगै हालसम्म नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । 

यस्तै ३ हजार ६ सय ९३ संक्रिय संक्रमितमध्ये १ सय ६५ जनाको आइसीयू र ३३ जनाको भेण्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

कोरोना संक्रमणका कारण आज थप ६ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ९ सय ७५ पुगेको छ । 

आज कोरोना भाइरसका संक्रमित ३ सय ८३ जना निको भएका छन् । यो सँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको छ ।