पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

फरक मत, असहमति र अविश्वासको सम्मान गर्छुः मुख्यमन्त्री पौडेल

radionepal

विश्व अधिकारी, मकवानपुर । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरक मत, असहमति र अविश्वास गर्नेलाई सम्मान गरिने बताउनुभएको छ । प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकलाई बुधबार सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले सबैको सम्मान गरिने बताउनुभएको हो । 

मुख्यमन्त्री पौडेलले अहिले देश विषम परिस्थितिमा उभिएको जनाउँदै प्रधानमन्त्रीले संसद विघटन गरी निर्वाचान मिति तोकिएको अवस्थामा केही सत्तापक्ष र प्रतिपक्षले विरोध जनाइरहेको बताउनुभयो । 

पार्टी भित्रैबाट काम गर्न नदिने अवस्था भएपछि प्रधानमन्त्री ओलीले जनतासामु नयाँ जनादेशको लागि चुनाव रोज्नुपरेको बताउनुभयो । शुन्य अवस्थामा रहेको प्रदेश सरकार अहिले धेरै अघि बढेको र विभिन्न नमुनालायक योजना र कामहरु सुरु भइरहेको बताउनुहुँदै उहाँले प्रदेश सरकारले गरेका महत्वपुर्ण कामहरुको विवरण समेत प्रस्तुत गर्नुभएको थियो ।