पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘व्यवसायीलाई प्रोत्साहन गर्न नसके देश आर्थिक समृद्धितर्फ अघि बढ्दैन’

शशि पन्थी, भैरहवा । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न नसके देश आर्थिक समृद्धितर्फ अगाडी बढ्न नसक्ने बताउनुभएको छ । 

रुपन्देही उद्योग संघको ज्ञापनपत्र बुझ्दै मन्त्री रायमाझीले अप्ठ्यारो परिस्थितिमा आफु सरकारमा सहभागी भएकोले विभिन्न चुनौतीहरु रहे पनि उद्योगीहरुको समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । 

रुपन्देही उद्योग संघले उद्योगहरुलाई ट्रंकलाइन प्रयोगको नाममा लागू गर्न लागिएको शुल्क खारेज, साधारण लाइनबाट विद्युत प्रशारण र प्रयोगको वातावरण तयार गरी उद्योग सञ्चालनको उपयुक्त वातावरण बनाउन माग गरेको हो ।