पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बेलायतका लागि राजदूतमा रेग्मी नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गर्नुभएको छ । 

नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उहाँलाई बेलायतको राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाउनुभएको छ ।