पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश १ः तीन सदस्यद्वारा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

कुमोद अधिकारी, विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राइविरुद्ध  अविश्वासको प्रस्ताव दर्ता गर्नुभएका तीन प्रदेशसभा सदस्यले प्रस्ताव फिता लिनुभएको छ । 

प्रदेस १ का सांसद जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले मुख्यमन्त्रीविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव आज फिर्ता लिनुभएको हो । उहाँहरुले आज एक विज्ञप्ति जारी गरी प्रस्ताव फिर्ता लिएको जनाउनुभएको छ ।

प्रदेशमा रहेको नेकपा सरकारविरुद्ध नेकपाकै प्रदेसभा सदस्यहरुले अविश्वासको प्रस्ताव दर्ता गराउनु उपयुक्त नहुने भन्दै प्रस्ताव फिर्ता लिएको विज्ञप्तिमा जनाइएको छ । 

गत पुष १२ गते उहाँहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुभएको थियो ।