पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आगलागीमा परी ४ घरसहित २० लाख बराबरको धनमाल नष्ट

radionepal

कृष्ण मण्डल, सप्तरी । सप्तरीमा गएराती आगलागी हुँदा ४ घरसहित २० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर २ स्थित सकरदही निवासी जगन सुतिहारको गाइगोठबाट शुरु भएको आगलागीमा जगनको एक घर, छिमेकी नारायण सुतिहारको एक, दुर्गानन्द सुतिहारको एक र सुमित मगरदैताको समेतको एक घर गरी चारवटा घर पुर्ण रुपमा जलेर नष्ट भएको वडाध्यक्ष सन्तोष गोइत यादवले जानकारी दिनुभयो ।

आगलागीमा खाद्यान्न, लताकपडा, नगद, फर्निचर र भाँडाकुडा गरी करिब २० लाख मुल्य बराबरको भन्दा बढीको क्षति भएको वडाध्यक्ष यादवले बतउनुभयो ।

आगो स्थानियबासी, हनुमाननगरबाट गएका वारुणयन्त्र, सशस्त्र प्रहरी बल भारदह र नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएका थिए ।