पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रतिनिधिसभा विघटन मुद्दा : अर्को सुनुवाइ सोमबार

radionepal

 अर्जुन श्रेष्ठ
काठमाडौँ  ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आजको बहस नसकिएपछि भोलि पुनः सुनुवाइ हुने भएको छ ।

प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै अधिवक्ता सन्तोष भण्डारीले दिएको रिट निवेदनमा आजको बहस नसकिएपछि हेर्दा–हेर्दैमा राखेर भोलि पुनः सुनुवाइ हुने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा आजदेखि सो रिट निवेदनमा गरिएको माग दाबीमाथि सुनवाई सुरु भएको थियो ।

रिट निवेदकका तर्फबाट बहस गर्नुहुँदै अधिवक्ता सन्तोष भण्डारी, गिरिराज भट्ट, भीमार्जुन आचार्य र सुनिल पोखरेलले संसदीय प्रक्रिया र संवैधानिक व्यवस्था भन्दा बाहिरबाट प्रधानमन्त्रीले संसद् विघटन गर्ने कदम असंवैधानिक भएको भन्दै निवेदकको माग दाबी अनुसार संसद् पुर्नस्थापना हुनुपर्ने बताउनुभयो ।

उहाँहरूले बहसमा बहुमतको प्रधानमन्त्रीलाई संविधानले संसद् विघटनको अधिकार नदिएकाले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको तर्क गर्नुभयो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन दर्ता भएका छन् ।