पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

त्रिभुवन आर्मीको विजयी सुरुवात

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले विजयी सुरुवात गरेको छ । आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले पराजित गर्यो ।

विनोद भण्डारीको शतकीय पारीमा आर्मीले ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ८७ रन बनायो । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले बलियो सुरुवात गरेको थियो । ६३ रनमा पहिलो विकेट गुमाएको आर्मीले १ सय ११ रन बनाउँदा चार विकेट गुमाएको थियो ।

उसका लागि हरिशंकर झाले १४ रन बनाए भने राजु रिजालले ४५ रनको योगदान गरे । यस्तै रोहित पौडेलले १० रन बनाउँदा भीम सार्कीले १५ रनको योगदान गरे । यस्तै राजेश पुलामीले ३८ रन बनाउँदा लोकेश बमले ४२ रन थपे । आर्मीका लागि भण्डारीले शतकीय पारी खेले । 

जवाफमा गण्डकी ४८ ओभरमा १ सय ८९ रनमा अलआउट भयो । खराब सुरुवात गरेको गण्डकीले सात रनमा पहिलो विकेट गुमायो । त्यसपछि ५९ रनमा दोस्रो विकेट गुमाएको उसका मध्यक्रमका खेलाडीले राम्रो साझेदारी गर्न सकेनन् । 

गण्डकीका लागि अर्जुन कुमालले ३६ रन बनाउँदा समिर कडेलले ५० रन बनाए । यस्तै दिपक डुर्मेले २६ रनको योगदान गर्दा कप्तान विपिन खत्रीले अविजीत ३७ रन बनाए । बलिङमा आर्मीका राजेश पुलामीले पाँच विकेट लिँदा भीम सार्कीले तीन विकेट लिए ।