पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जुनियर ब्याटमिन्टन विश्व वरियताको तेस्रो स्थानमा दाहाल

अजय बम, काठमाडौं । नेपाली युवा ब्याटमिन्टन खेलाडी प्रिन्स दाहाल जुनियर ब्याटमिन्टनको विश्व वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् ।

ब्याटमिन्टनको विश्व महासंघले सार्वजनिक गरेको नयाँ वरियतामा प्रिन्सले नयाँ उचाइ छोएका हुन । उनी भन्दा माथि भारतका वरुण कपुर र डेनमार्कका म्याड्स मुलर रहेका छन् । प्रिन्सले जुनियर ब्याडमिन्टनमा अहिलेसम्मकै ठुलो सफलता हात पारेका हुन् ।

ब्याडमिन्टनको इतिहासमा प्रिन्सले प्राप्त गरेको सफलता नै नेपालका लागि पहिलो हो । विश्व ब्याडमिन्टन महासंघले महिला, पुरुष र जुनियर गरि तीन विधामा वरियता सार्वजनिक गर्ने गरेको छ । जसमा नेपालका प्रिन्सले जुनियरतर्फको विधामा विश्वका उत्कृष्ट तीन खेलाडीमा उक्लिन सफल भएका हुन् ।