पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मुलुक सम्पूर्ण रुपमा निर्वाचनतर्फः सञ्चारमन्त्री गुरुङ

radionepal

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुक सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको बताउनुभएको छ । 

क्रियाशील दलित पत्रकार संघ, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सञ्चारमन्त्री गुरुङले चुनाव हुन्छ कि हुँदैन भन्ने भ्रममा नपर्न पनि सबैलाई आग्रह गर्नुभयो । मन्त्री गुरुङले ताजा जनादेशमा जाने सरकारको निर्णय प्रतिगामी, असंवैधानिक हुन नसक्ने स्पष्ट पार्नुभयो ।

मुलुक अनिर्णयको बन्दी बन्नु परेकाले जनादेश लिनका लागि निर्वाचनमा जाने कुरा प्रतिगामी, असंवैधानिक हुन नसक्ने मन्त्री गुरुङको तर्क थियो । 

उहाँले जनता निर्वाचनको पक्षमा उभिएको, राजनीतिक दलहरुले आन्दोलनको नाममा निर्वाचनको तयारी गरिरहेको उल्लेख गर्नुहुँदै निर्वाचनको तयारीमा जुटन पनि सबैलाई आह्वान गर्नुभयो । 

मन्त्री गुरुङले पत्रकारहरुले पनि मुलुकमा अस्थिरता ल्याउने, द्वन्द्धमा फसाउने, बलिरहेको आगोमा घिउ थप्ने खालका गतिविधि गर्न नहुनेमा जोड दिनुहुँदै पत्रकारिता क्षेत्रलाई मर्यादित, सम्मानित र जिम्मेवार बनाउन सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।