थप ४३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, ३४० जना सङ्क्रमणमुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप ४ सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ ।
त्यस्तै देशभरका संस्थागत तथा होम आइसोलेसनबाट आज ३ सय ९० जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या २ लाख ५९ हजार ३ सय ५८ जना रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १ हजार ९ सय ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ
।