पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रजनन स्वास्थ्य शिविरमा ६ सय ४५ जना लाभान्वित

radionepal

टेकराज भण्डारी, अछाम । अछाम जिल्लाको ढकारी गाउँपालिकामा प्रजनन स्वास्थ्यसम्बन्धि शिविर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय अछामको आयोजनामा भएको स्वास्थ्य शिविरमा ६ सय ४५ जनाले सेवा लिनुभएको छ । 

दुई दिन गरिएको उक्त स्वास्थ्य शिविरमा सेवा लिने अधिकांशमा तल्लो पेट दुख्ने, यौन संक्रमण रोग जस्ता समस्या भएका बिरामी बढी देखिएका स्वास्थ्य शिबिरमा रहेका स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताउनुभयो ।

शिविरमा ढकारी गाउँपालिका र आसपासका सेवाग्राहीलाई शिबिरमार्फत स्वास्थ्य सेवा प्रदान गरिएको थियो । शिबिरमा २ सय ३३ जनाको पाठेघरको मुखको क्यान्सरको जोखिम जाँच गरिएको छ ।

यस्तै शिविरमार्फत पाठेघरको सम्भावित जोखिम भएका ७ जना, पाठेघर खसेका १२ जना, भिडियो एक्सरे सेवा गर्भवतीसहित १ सय ८८ जना, परिवार नियोजनको साधन ईम्प्लान्ट सेवा १२ जना र ४७ जनालाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको थियो ।

शिविरमा स्वास्थ्य कार्यालय अछामका प्रमुखसहितको टोली र जिल्ला अस्पतालका डाक्टर शुरेश ताम्राकार, डाक्टर सोनाली बाँस्कोटा लगायतको टोलीले शिविर मार्फत सेवा प्रदान गरेको हो ।