पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

साँढेले हानेर वृद्धको मृत्यु

दिनानाथ यादव, सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ मा सोमवार राति साढेले हानेर एक वृद्धको मृत्यु भएको छ । सार्वजनिक रुपमा छाडिएको साढेले हानेर आफ्नै घर अगाडी बाटोमा हिँडिरहेकी ८० वर्षीया दुर्गी देवी साहको मृत्यु भएको हो ।

पछाडिबाट साढेले हानेर घाइते भएकी साहको उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिनु भयो ।