पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

खुला दौडको उपाधि नेपाली सेनाका बस्नेतलाई

काठमाडौं । पृथ्वीजयन्तीका अवसरमा सोमबार भएको खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका रामजी बस्नेतले जितेका छन् ।

गोरखा नगरपालिकाको आयोजना र गोरखा युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाली सेनाको रणसिंह दल गणमा कार्यरत बस्नेतले निर्धारित दूरी २३ मिनेट २५ सेकेन्डमा पूरा गर्दै पहिलो हुन सफल भए । सेनाकै सुनिल थापाले २५ मिनेट २५ सेकेण्डमा पूरा गर्दैै दोस्रो भए । प्रतियोगितामा पूर्णबहादुर गुरुङले २५ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थान हात पार्न सफल भए । 

प्रतियोगिताअन्तर्गत भएको महिला खुला दौड भने गोरखा नगरपालिका सिमलगैरीकी पवित्रा बयलकोटीले जितिन् । उनले ३२ मिनेट ८ सेकेण्डमा पूरा गर्दै प्रथम भइन् । नेपाली सेनाकी सिर्जना पौडेलले ३२ मिनेट १९ सेकेण्डमा पूरा गर्दै दोस्रो, रिना श्रेष्ठले ३३ मिनेट ४० सेकेण्डमा दूरी पार गर्दै तेस्रो भइन् ।